एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई निरन्तरता दिने निर्णय गरेको छ । अन्तरिम प्रशिक्षकमा काम गर्दै आएका सोलारीलाई रियलले स्थायी प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे र म्यान्चेष्टर युनाईटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्होसंगको वार्ता निष्कर्श विहिन भएपछि रियलले अन्तरिम प्रशिक्षकलाई निरन्तरता दिने निर्णय लिएको हो ।
स्पेनिस फुटबल एसोसियसनले सोलारीको सम्झौताको बिषय बताएपनि रियल मड्रिडले आधिकारिक घोषणा गरेको छैन ।
निरन्तरको खराब नतिजापछि मुख्य प्रशिक्षक जुलेन लुपेटगुईलाई बर्खास्त गरेपछि रियलले क्लबको बी टिम हेरिरहेका सोलारीलाई सिनियर टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।
लगातार चार खेलमा जित निकालेपछि क्लबले सोलारीलाई स्थायी प्रशिक्षक बनाउने निर्णयमा पुगेको हो ।
उनले क्लबको जिम्मेवारी लिदाँ स्पेनिस लिगमा रियल नवौ स्थानमा थियो । अहिले रियल तालिकाको छैटौ स्थानमा छ र शीर्ष स्थानको बार्सिलोना भन्दा ४ अंकले पछाडी छ ।