एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर युभेन्ट्सले अपराजित यात्रामा कायम राखेको छ । आइतबार राति भएको खेलमा एसी मिलानलाई २ - ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।
मिलानको मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिष्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एक एक गोल गरे । १० खेलाडीमा समेटियो घरेलु टोलीविरुद्ध युभेन्ट्सले दुवै हाफमा एक एक गोल गरेका थिए ।
घरेलु टोलीविरुद्ध युभेन्ट्सले आठौं मिनेटमा मान्डजुकिको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २ - ० को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा मिलानका गोन्जालो हिगुईनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटियो । युभेन्ट्सका पुर्व खेलाडी हिगुईन बाहिरिएपछि मिलान खेलमा फर्कन सकेन र घरेलु मैदानमा २ - ० ले पराजित भयो ।
यो जितसंगै युभेन्ट्सले लिगमा ११ औं जित निकालेको छ । युभेन्ट्सले १२ खेलबाट ३४ अंक जोडेको छ । र, दोस्रो स्थानको नापोलीभन्दा ६ अंकले अघि छ । पराजित मिलान २१ अंक जोडेर पाँचौ स्थानमा छ ।
सिरी 'ए' अन्तर्गत अर्को खेलमा रोमाले साम्पडोरियालाई ४ - १ ले पराजित गरेको छ । इन्टर मिलान भने एटलान्टासंग ४ - १ ले नै पराजित भएको छ ।