काठमाडौं । जापानमा हुने ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली म्यानमारसंग बराबरी खेल्दै अंक बाडेका छन् ।
नेपालले बलियो टोली म्यानमारसंग १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
याङगोनस्थित थुनुवा स्टेडियममा नेपालको लागि सावित्रा भण्डारीले गोल गरिन् । म्यानमारकी खिन मोइले बराबरी गोल फर्काएकी थिइन् ।
फिफा वरीयतामा ६४ स्थान माथिको म्यानमारसंगको बराबरीसंगै समूह 'सी' को नेपालले दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । नेपालले २ खेलबाट २ अंक जोडेको छ ।
तस्बिरमा हेर्नुहोस् - नेपाल र म्यानमारबीचको खेल :
तस्बिर सौजन्य : म्यानमार फुटबल फेडेरेसन (Myanmar Football Federation)