एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले फुलहमलाई २ - ० ले हराएको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र शाकिरीले एक एक गोल गरे । लिभरपुलले दुवै हाफमा एक एक गोल गरेको थियो ।
खेलको ४१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई २ - ० को सहज जित दिलाए ।
जितसंगै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलले १२ खेलबाट ३० अंक जोडेको छ । एक खेल कम खेलेको सिटीको २९ अंक छ । फुलहम ५ अंक जोडेर पुछारमा छ ।