एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले क्लबलाई अघि बढाउँन खेलाडीहरुले आफुलाई वृद्धि गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।
म्यानचेस्टर डर्बी भिडन्त अघि बोल्दै प्रशिक्षक मोउरिन्होले क्लबले लिगमा धेरै खेल गुमाईसकेको बताउदै अब खेलाडीहरु अघि बढ्न आवश्यक रहेको बताए ।
म्यानचेस्टर डर्बी आइतबार हुँदैछ । उक्त डर्बी भिडन्त सिटीको घरेलु मैदानमा हुनेछ ।
'हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामी अघि बढ्छौं । केवल हाम्रो दृष्टिकोणमा मात्र हैन,' प्रशिक्षक मोउरिन्होले भने, 'मलाई लाग्दैछ कि यो टिम अघि बढ्दै छ । तर, हामीले पनि आफुलाई वृद्धि गर्दै अघि बढाउनु पर्छ ।'
युनाइटेडले लिगको पछिल्लो खेलमा उच्च प्रदर्शन गर्न सकेको छैन । तर, च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती उत्कृष्ट पुनरागमन गर्दै इटालियन क्लब युभेन्ट्सलाई २ - १ ले हराएको थियो ।
तर, प्रशिक्षक मोउरिन्होले युनाइटेड जित निकाल्न लड्न सक्ने टोली रहेको बताए ।
'हामी सहजै हार मान्ने टोली हैनौ,' प्रशिक्षक मोउरिन्होले भने, 'हामी त्यो टोली हौ । जुन सधैं लड्नको लागि एक तरिका खोज्छ।'