एजेन्सी । स्पेनिस क्लब बार्सिलोना मिडफिल्डर फिलिप कौटिन्हो तीन साता मैदान बाहिर रहने भएका छन् । देब्रे खुट्टाको मांशपेशीको चोटका कारण कौटिन्हो तीन साता मैदान बाहिर रहने भएका हुन् ।
ब्राजिलियन मिडफिल्डर कौटिन्हो गत मंगलबार च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेलमा घाइते भएका थिए । तर, उनले पुरै ९० मिनेट खेलेका थिए ।
बार्सिलोनाले बिहिबार कौटिन्होको मांशपेशी च्यातिएको (हाम्सट्रिङ) कारण टिममा तीन साता नहुने जनाएको छ ।
तीन साता मैदान बाहिर रहने भएपछि कौटिन्होले ला लिगाको एक खेल र ब्राजिलबाट दुई खेल गुमाउने अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
बार्सिलोनाले ला लिगामा आइतबार रियल बेटिससंग खेल्दैछ ।
यस्तै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नोभेम्बर १६ मा उरुग्वे र २० नोभेम्बरमा क्यामरुनसंग खेल्दैछ । र, कौटिन्होले दुवै खेल गुमाउने छन् ।