एजेन्सी । इंग्लिश क्लब एभर्टनलाई युवा खेलाडी अनुबन्धको प्रतिबन्ध लागेको छ । प्रिमियर लिगले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै एभर्टनलाई २ बर्षको प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धसंगै एभर्टनले आफ्नो एकेडमीका लागि १० देखी १८ बर्षका खेलाडीहरु २ बर्षसम्म किनबेच गर्न पाउने छैनन् । यस्तै एभर्टनलाई ५० हजार पाउण्ड जरिवाना समेत गरेको छ ।
एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउदा प्रिमियर लिगको नियम तोडेको बताईएको छ । प्रिमियर लिगले गरेको अनुसन्धानपछि एभर्टन दोषी पाईएपछि क्लबमाथि प्रतिबन्ध लगाईएको हो ।