समूह चरणको अन्तिम खेलमा फ्रेन्ड्सविरुद्ध भिड्न लागेको थ्रीस्टारलाई अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाब छ । समुह चरणमा थ्रीस्टारले एकमा जित, एकमा हार र एकमा बराबरी खेल्दै ४ अंक जाडेको थियो ।
पहिलो खेलमा मनाङलाई पराजित गरेको थ्रीस्टारले दोस्रो खेलमा पश्चिमाञ्चलसंग गोल रहित बराबरी खलेको थियो । समुहको तेस्रो खेलमा थ्रीस्टार क्लब हिमालयन शेर्पा क्लबसंग ६–२ गोल अन्तरले पराजित भएको थियो ।
यता पहिलो खेलमा पश्चिमाञ्चललाई पराजित गरेको फ्रेन्ड्सले हिमालयन शेर्पासंग भने बराबरी खेल्दै ४ अंक जोडेको थियो । आजको खेलमा जित हात पारे कुपण्डोलको क्लब एक खेल अगावै क्वार्टरफाईनलमा प्रवेश गर्नेछ ।