काठमाडौं । जापानमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपालले बिहिबार भारतसंग १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ११ औं मिनेटमा नेपालले कप्तान निरु थापाको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ३७ औं मिनेटमा कमला देवीले गोल गर्दै भारतलाई खेलमा फर्काएकी थिइन् ।
बराबरीसंगै समूह 'सी' मा रहेको नेपाल र भारतले एक एक अंक जोडेका छन् । नेपालले अब दोस्रो खेलमा आइतबार घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।
नेपाल र भारतबीचको खेल कस्तो रह्यो ? तस्बिरमा हेर्नुहोस् !
तस्बिर सौजन्य : म्यानमार फुटबल फेडेरेसन (Myanmar Football Federation)