एजेन्सी । इंग्लिश क्लब टोटेनहमको घरेलु मैदान 'ह्वाइट हर्ट लेन' को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
टोटेनहमले हालै 'ह्वाइट हर्ट लेन' स्टेडियमको केहि तस्विर सार्वजनिक गर्दै रंगशाला निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।
टोटेनहमले क्लबको प्रतिकको रुपमा रहेको 'सुनौलो भाले' को प्रतिमा समेत ह्वाइट हर्ट लेन आईपुगेको जनाएको छ ।
यस्तै क्लबले ४.५ मिटर अग्लो 'सुनौलो भाले' को प्रतिमा रंगशालाको छाना भागमा राखिसकेको जनाएको छ ।
निकै आधुनिक शैली र उच्च प्रविधिबाट निर्माण गरिएको यो रंगशाला नयाँ वर्षसंगै खुल्ला हुने जनाईएको छ । यस रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो ।
यसअघि सेप्टेम्बर १५ बाट खुल्ला हुने बताएपनि निर्माण कार्य नसकिएको क्लबले जनाएको छ ।
घरेलु मैदानको निर्माणसंगै टोटेनहमले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ ।
यो रंगशालामा फुटबलसंगै अमेरिकन फुटबल समेत खेल्न मिल्ने छ । यो रंगशालामा अमेरिकन फुटबल लिग क्लब लन्डन मोनार्च्स क्लबको घरेलु मैदानमा पनि हो ।
यस रंगशालामा ६२ हजार दर्शक क्षमताको हुनेछ । यसअघि यो रंगशाला ३८ हजार दर्शक क्षमताको रहेको थियो ।
भिडियो हेर्नुस - साभार डेलिमेल