एजेन्सी । वेष्ट इन्डिजविरुद्वको टी ट्वान्टी सिरिज भारतले जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई ७१ रनले हराउँदै भारतले तीन म्याचको सिरिज एक खेल अगावै कब्जा गरेको हो । गुवाहाटीमा भएको पहिलो खेल भारतले १० विकेटले जितेको थियो ।
१ सय ९६ को लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २४ रनमात्र बनाउन सक्यो । डारेन ब्राभोले बनाएको २३ रन टोलीको सर्वाधिक रन रह्यो । भारतका भुवनेश्वर कुमार, खालिल अहमेद, जसप्रित बुम्राहा र कुलदिप यादवले समान २÷ २ विकेट लिए ।
विशाखापट्नममा टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्माले स्मरणीय इनिङ्स खेले । उनको नटआउट १ सय ११ रनको मदतले भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । शिखर धवन ४३ र लोकेश राहुल २६ रनमा अविजित भएको खेलमा ऋषव पन्त ५ रनमा आउट भएका थिए ।
अन्तिम खेल चेन्नेईमा नोभेम्बर ११ मा हुनेछ ।