काठमाडौं । ओलम्पिक छनोट खेल्न म्यानमार पुगेको राष्ट्रिय महिला फुटबल टिमले तयारी पुरा गरेको छ । सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटको लागि नेपाली महिला फुटबल टिम म्यानमार रहेको छ ।
ओलम्पिक छनोटका लागि एसिया छनोटमा नेपाल समूह सीमा रहेको छ । नेपालको समुहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।
नेपाली महिला टिमले कार्तिक २२ गते पहिलो खेल भारतसँग खेल्नेछ । त्यस्तै २५ गते घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ । ओलम्पिक छनोटका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ए र बीमा समान पाँच र सी र डीमा समान ४ देश सहभागि छन् ।
प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
नेपाली टिम :
गोलकिपर : एन्जिला तुम्बोप्पो सुब्बा, अन्जना राना मगर , रुपा राना मगर,
डिफेन्डर : गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, कबिता धिमाल, पुनम मगर
मिडफिल्डर : रेनुका नगरकोटी, दिपा राई, मन्जली येञ्जन, सरु लिम्बु , विमला चौधरी, अनिता वस्नेत, दिपा न्यौपाने
स्ट्राइकर : अनिता केसी, सावित्रा भण्डारी, निरु थापा,
मुख्य प्रशिक्षक : हरि खड्का
प्रशिक्षक : मृगेन्द्र मिश्र
टिम म्यानेजर : कमला हरिचन थकाली