काठमाडौँ । ललित स्मृति यू -१८ फुटबल च्याम्पियनसिपमा आज रुस्लान थ्रीस्टार क्लबले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेलमा फ्रेन्ड्सविरुद्ध भिड्न लागेको थ्रीस्टारलाई अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाब छ । समुह चरणमा थ्रीस्टारले एकमा जित, एकमा हार र एकमा बराबरी खेल्दै ४ अंक जाडेको थियो ।
पहिलो खेलमा मनाङलाई पराजित गरेको थ्रीस्टारले दोस्रो खेलमा पश्चिमाञ्चलसंग गोल रहित बराबरी खलेको थियो । समुहको तेस्रो खेलमा थ्रीस्टार क्लब हिमालयन शेर्पा क्लबसंग ६–२ गोल अन्तरले पराजित भएको थियो ।
यता पहिलो खेलमा पश्चिमाञ्चललाई पराजित गरेको फ्रेन्ड्सले हिमालयन शेर्पासंग भने बराबरी खेल्दै ४ अंक जोडेको थियो । आजको खेलमा जित हात पारे कुपण्डोलको क्लब एक खेल अगावै क्वार्टरफाईनलमा प्रवेश गर्नेछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको दोस्रो खेलमा आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
प्रतियोगिताबाट बाहिरि सकेको मनाङले समुह चरणको अन्तिम खेलमा हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्न लागेको हो ।