एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) चार खेलहरु हुँदैछ । ला लिगा अन्तर्गत शनिबार दुई ठुला क्लब बार्सिलोना र रियल मड्रिडसहितका चार खेल हुनेछ ।
आज बार्सिलोनाले रायो भालेकानोसंग उसैको मैदानमा खेल्दैछ । बार्सिलोना र रायो भालेकानोबीचको खेल राति १ः३० मा सुरु हुनेछ ।
भालेकानोविरुद्ध मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानमा यथावत रहने योजनामा हुनेछ । बार्सिलोनाले १० खेलबाट २१ अंक जोडेको छ ।
यस्तै रियल मड्रिडले घरेलु मैदानमा रियल भल्लाडोलिटसंग खेल्नेछ । रियल र भल्लाडोलिटबीचको खेल ९ बजे सुरु हुनेछ ।
रियल लिगको १० खेल सकिदा १४ अंक जोडेर नवौं स्थानमा छ । भल्लाडोलिट १६ अंक जोडेर छैटौँ स्थानमा छ ।
ला लिगा अन्तर्गत नै शनिबार एट्लेटिको मड्रिडले लेगानेसको सामना गर्नेछ । त्यस्तै भ्यालेन्सियाले जिरोनासंग खेल्नेछ ।