काठमाडौं । घरेलु मैदानमा जारी चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले चौथो स्थान हासिल गरेको छ ।
शनिबार तेस्रो स्थानको लागि भएको खेलमा भारतसंग १ - ० ले पराजित हुँदै नेपाल चौथो स्थानमा समेटिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौकाहरु गुमाउदा नेपालले पराजय बेहोरेको हो । भारतलाई जित दिलाउन थालाचेउले निर्णायक गोल गरे ।
पहिलो हाफको १७ औं मिनेटमा थालाचेउले गोल गर्दै भारतलाई १ - ० को जित दिलाए ।
खेलको दोस्रो हाफमा नेपालले गोल गर्न मौका पाएपनि गोल गर्न सकेनन् । खेलको ७३ मिनेटमा नेपालका सनम गुरुङले बराबरी गर्ने मौका गुमाएका थिए ।
जितसंगै भारतले तेस्रो स्थान प्राप्त गरेको छ । नेपालले भने एक मात्र जित निकाल्दै प्रतियोगिता सकाएको छ ।
च्याम्पियनसिपको फाइनल खेल आजै हुँदैछ । अपरान्ह हुने फाइनलमा पाकिस्तान र बंगलादेशले खेल्नेछन् ।