काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको सम्पुर्ण यात्रा टिकट खर्च एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले व्यहोर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार एक कार्यक्रममा नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने बताएका हुन् ।
भुटानमा सम्पन्न महिला यू–१८ साफ च्याम्पियनसिप उपविजेता बनेको नेपाली टोलीलाई नगदसहित सम्मानित गरेको कार्यक्रममा अध्यक्ष शेर्पाले नेपाली टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने बतायेअक हुन् ।
'महिला टिम बाहिर जाँदा एएफसीले टिकट दिने निर्णय गरेको छ,' अध्यक्ष शेर्पाले कार्यक्रममा भने ।
तर, एएफसीले व्यहोर्ने टिकट यात्रा एएफसीले आयोजना गरेको प्रतियोगितामा मात्रै प्रयोग हुने अध्यक्ष शेर्पाले बताए ।