एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो वान डे क्रिकेटमा इङ्ल्याण्डले रनको नयाँ कीर्तिमान कायम गरेको छ । अष्टेलियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको इङल्याण्डले ६ विकेटको क्षतिमा ४ सय ८१ रनको कीर्तिमान कायम गरायो ।
एलेक्स हल्स र जोनी वेरस्टोले सतकिय इनिङ्स खेलेपछि इङ्ल्याण्डले वान डे क्रिकेटमा ऐतिहासिक रनको रेकर्ड कायम गरेको हो । हल्सले १ सय ४७ रन बनाएको इनिङ्समा वेरस्टोले १ सय ३९ रनको योगदान दिएका थिए । ९२ बलको सामना गरेका दुवैले सो रन बनाउन १६ चौका र ५ छक्का प्रहार गरे ।
जासन रोयले ८२ रन बनाएको इनिङ्समा कप्तान इयान मोर्गानले कम बलमै सबै भन्दा छिटो अर्धशतक बनाउने रेकर्ड कायम गरे । उनले ३० चौकाको मदतले ६७ रन बनाएका थिए ।
यसअगाडीको वान डे क्रिकेटको रेकर्ड समेत इङ्ल्याण्डको नाममा थियो । सन् २०१६ मा पाकिस्तानविरुद्धको खेलमा इङ्ल्याण्डले ३ विकेटको क्षतिमा ४ सय ४४ रन बनाएर रेकर्ड कायम गरेको थियो । पाच म्याचको सिरिजमा इङ्ल्याण्ड २–० ले अघि छ ।