काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सिक्किममा जारी गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको सेमिफाइनलमा भारतको भारतको आईएसएल क्लबको रिजर्भ टिम एट्लेटिको डी कोलकातालाई ६ - २ ले हराएर मनाङ उपाधि नजिक पुगेको हो ।
गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन डोना थापाले ह्याट्रिक गरे । यस्तै अन्जन बिष्ट, सुजल श्रेष्ठ र बिमल बस्नेतले एक एक गोल गरे ।
यसअघि मनाङले क्वाटरफाइनलमा कलकता कस्टमलाई पराजित गरेको थियो ।