काठमाडौं । घरेलु मैदानमा जारी चौथो संस्करणको यू–१५ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले अहिले बलियो टोली पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको दोस्रो हाफमा नेपाल पाकिस्तानविरुद्ध २ - ० ले पछि परेको छ । पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरी रोकेको नेपालले दोस्रो हाफमा २ गोल खाएको हो ।
खेलको ५३ मिनेटमा पाकिस्तानका इफ्तिखर अहमेदले गोल गर्दै पाकिस्तानलाई १ - ० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५९ औं मिनेटमा मोहित उल्लाले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २ - ० को अग्रता दिलाएका हुन् ।
नेपालका जान लिम्बुले पाकिस्तानका खेलाडीलाई डीबक्सभित्र लडाएपछि पाकिस्तानले पेनाल्टी पाएको हो । यस्तै लिम्बुले रातो कार्ड पाएका छन् र मैदानबाट बाहिरिएका छन् ।
विजेताले फाइनलमा बंगलादेशसंग खेल्नेछ ।