काठमाडौं । घरेलु मैदानमा जारी चौथो संस्करणको यू–१५ साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालले अहिले बलियो टोली पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य फाइनल पुग्ने रहेको छ । नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्य रहेको बताईसकेका छन् ।
विजेताले फाइनलमा बंगलादेशसंग खेल्नेछ ।