काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सिक्किममा जारी गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको फाईनल प्रवेशका लागि आज प्रतिस्पर्धामा उत्रदैछ । मनाङले फाईनल प्रवेशका लागि भारतको एट्लेटिको डी कोलकातासंग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल गान्तोकस्थित पाल्जोर स्टेडियममा आज दिउँसो सुरु हुनेछ ।
मंगलबार भएको क्वार्टरफाईनलको खेलमा भारतको कलकता कस्टमलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङको जितमा सुजल श्रेष्ठ र बिमल राना मगरले दुई दुई गोल गरे । मनाङले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो ।