एजेन्सी । रियल मड्रिडका कार्यवाहाक प्रशिक्षक सैंटियागो सोलारीले रियल मड्रिडले आफ्नो पहिलो खेलमा उत्कृष्ट पदर्शन गर्ने दावी गरेका छन् ।
बार्सिलोनासँगको खेल फराकिलो अन्तरमा गुमाए लगत्तै प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको रियलले लगत्तै सहायक प्रशिक्षक सोलारीलाई कार्यवाहाकको जिम्मेवारी दिएको थियो ।
अर्जेन्टिनी सोलारी रियल मड्रिड 'बि' टिमका प्रशिक्षक हुन् । उनले बुधवार मेलिला बिरुद्धको खेलमा रियलले आफ्नो बास्तविक खेल प्रदर्शन गर्ने बताए । रियलले कोपा डेल रे अन्तरगत मेलिलासँग खेल्दै छ ।
'खेलाडीहरु बिग्रिएका छन् । तर उनी खेलाडीलाई पहिलेकै स्थानमा फर्काउन चाहान्छु,' उनले एक पत्रकार सम्मेलनमा भने, 'यो च्याम्पियनहरुको टोली हो । यी योद्धाहरु हुन् । खेलाडीहरुले रियलको लागि धेरै चिज दिए । केहि समय लाग्नेछ सुधार हुनमा तर तपाईले यी खेलाडीहरूको बास्तबिक खेल देख्नु हुने छ ।'
सोलारीलाई रियलमा मात्र चार साताको लागि कार्यवाहाक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । रियलको प्रशिक्षक हुनुमा उनले गर्व भएको समेत बताए । उनि रियलका पुर्व खेलाडी पनि हुन् ।
'रियलमा प्रशिक्षक हुन पाउनु मेरो लागि ठुलो अवसर हो । यो आफैमा राम्रो क्लव हो । म यतिमात्र भन्न चाहन्छु कि म रियलको प्रशिक्षक हु,' सोलिरले थपे ।
पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले स्पेनिस ला लिगाको दश खेलमा चारमा मात्र जित निकालेको छ । दुईमा बराबरी र चारमा हार व्यहोरेको रियल १४ अंकमा नवौं स्थानमा छ ।
उसले पछिल्ला पाँच खेलमध्ये एकमात्र बराबरी गरेको छ भने चारमा हार भोगेको छ ।