एजेन्सी । एट्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा साँघुरो जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले चौथो डिभिजनको क्लब सान्ट एन्ड्रुलाई १ - ० ले हराएको हो ।
एन्ड्रुको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन गोल्सेन मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए ।
जितसंगै एट्लेटिकोले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीच दोस्रो लेग एट्लेटिकोको मैदानमा हुनेछ ।
कोपा डेल रे अन्तर्गत नै भ्यालेन्सियाले पहिलो लेगमा इब्रोमाथि २ -१ को जित निकालेको छ ।