काठमडौं । मंसिरको अन्तिम साता अफगानिस्तानसंग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर २७ गते अफगानिस्तानसंग अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल खेलको मिति तय गरेको थियो ।
अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसंगको मैत्रिपुर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको हो । एन्फा महासचिव ईन्द्रमान तुलाधरले प्राविधिक कारणले अफगानिस्तानसंग खेल्ने भनिएको मैत्रिपुर्ण खेल रद्ध भएको बताए ।
'अन्तिम समयमा आएर उहाँहरुले प्राविधिक कारण देखाउदै मैत्रिपुर्ण खेल नखेल्ने निर्णय गर्नुभयो । मंसिर २७ गते हुने भनिएको मैत्रिपुर्ण खेल रद्ध भएको छ ।' उनले भने ।
एन्फाले राष्ट्रिय फुटबल टिमलाई बर्षभरी व्यस्त राख्न भन्दै विभिन्न देशसंग मैत्रिपुर्ण खेलको तालिका यसअघि सार्वजनीक गरेको थियो ।