एजेन्सी । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख जर्मन कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो चरणको खेलमा वायर्नले चौथो डिभिजनको क्लब एसभी रोडिङहाउजेनलाई २ - १ ले परजीय गर्यो ।
रोडिङहाउजेनको मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सान्ड्रो वाग्नेर र थोमस मुलरले एक एक गोल गरे । रोडिङहाउजेनका लिनुस मेएरले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा वाग्नेरले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा मुलरले पेनाल्टीमा गोल गर्दै वायर्नको अग्रता दोब्बर बनाए । खेलको २३ औं मिनेटमा रेनेटो सान्चेजले पेनाल्टीमा गोल गर्न नसक्दा वायर्न अग्रता तेब्बर बनाउनबाट चुकेको थियो । उनको प्रहार पोस्ट बारमा लागेको थियो ।
दोसो हाफमा रोडिङहाउजेनले एक गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको ४९ औं मिनेटमा रोडिङहाउजेन मेएरले एक गोल फर्काएपनि वायर्न २ - १ ले विजयी भयो ।