एजेन्सी । चेल्सी स्टार इडेन हजार्डले काराबाओ कप अन्तर्गत चौथो चरणमा हुने डर्बी काउन्ट्रीविरुद्वको खेल गुमाउने भएका छन् । चोटका कारण पछिल्लो समय मैदान बाहिर रहेका हजार्डले प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्वको खेलमा भने उत्रन सक्नेछन् ।
बेल्जियमका अन्तराष्ट्रिय खेलाडी हजार्डले युरोपा लिग अन्तर्गत बातेविरुद्वको खेल गुमाएका थिए । उनी प्रिमियर लिगमा वर्नलीविरुद्वको खेलमा समेत अनुपस्थित रहेका थिए ।
चेल्सीका सहायक प्रशिक्षक जियानफ्रान्को जोलाले २७ बर्षिय खेलाडी यसैसाता नियमित ट्रेनिङमा फर्कने अपेक्षा गरेका छन् ।
'उनी निको हुदैछन् । आज भन्न सकिने अवस्था छैन । यादव भोलीबाट उनी ट्रेनिङ जोडिन सक्छन् ।' उनले थपे, 'मलाई लाग्दैन कि उनी डर्बीविरुद्वको खेलमा उत्रनेछन् । उनी निकै सुधार उन्मुख देखिएका छन् । हामी निकै प्रसन्न छौ, उनी हाम्रा लागि निकै महत्वपुर्ण खेलाडी हुन् ।'
प्रशिक्षक जोलाले पेड्रो र ओलिभर जिराउडले समेत आगामी खेल गुमाउने बताएका छन् । लामो समय चेल्सीमा खेलाडीको रुपमा बिताएका फ्रयाङ्क लम्पार्ड फेरी स्टामफोर्ड ब्रिजमा फर्कदैछन्, प्रशिक्षकको रुपमा ।
सहायक प्रशिक्षक जोलाले लम्पार्ड सफल प्रशिक्षक हुनेमा कुनै शंका नरहेको समेत दाबी गरे ।