काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सिक्किममा जारी गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वार्टरफाईनलको खेलमा भारतको कलकता कस्टमलाई ४ - २ ले हराएर मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन सुजल श्रेष्ठ र बिमल राना मगरले दुई दुई गोल गरे । मनाङले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो ।
अब मनाङले सेमिफाइनलमा भारतको जर्ज टेलिग्राफसंग बिहिबार खेल्नेछ । जर्ज टेलिग्राफले पहिलो खेलमा नेपालकै अर्को क्लब एपीएफ क्लबलाई १ - ० ले हराएको थियो ।