काठमाडौं । युभेन्ट्स स्टाईकर क्रिस्टियानो रोनाल्डो समाजिक सञ्जाल इन्स्टाग्राममा धेरै पछ्याईने स्टार बनेका छन् । पाँच पटकका विश्व बर्ष खेलाडी घोषित रोनाल्डो इन्स्टाग्राममा धेरै व्यक्तिले पछ्याईने स्टार बनेका हुन् ।
उनले अमेरिकी नायिक तथा पप स्टार सेलिना गोमेजलाई समेत पछि पार्दै इन्स्टाग्राममा धेरै फलोअर्स कमाउने स्टार बनेका छन् । इन्स्टाको शीर्ष सुचिमा मनोरञ्जन क्षेत्रका स्टारहरु धेरै अटाएका छन् । रोनाल्डोले इन्स्टामा १ सय ४४ मिलियन फलोअर्स पाएका छन् ।
रोनाल्डो केही महिना अगाडीमात्र स्पेनिस क्लब रियल मड्रिड छाड्दै ईटालियन क्लब युभेन्ट्समा पुगेका थिए । यस्तै, ब्राजिल तथा पेरिस सेन्ट् जर्मेन पीएसजीका स्टार नेयमार समेत १ सय ४ मिलियन फलोअर्स सहित इन्स्टाग्रामको १० औ नम्बरमा छन् ।