काठमाडौ । साफ यु–१५ अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ नेपालले खेल बराबरीमा ल्याएको छ । दुवै टोली १–१ को स्थितिमा रहेका छन् ।
दोस्रो मिनेटमा बंगलादेशले खेलमा अग्रता लिएको थियो । तर ३६ औ मिनेटमा नेपालले बराबरी गोल फर्कायाे । नेपालका राकेश विश्वकर्मालाई बंगलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बुले सहजै गोल गर्न सफल भए ।
नेपाल र बंगलादेश दुवै प्रतियोगिताको सेमिफाईलन प्रवेश गरिसकेका छन् । आजको खेलले समुह विजेता टोलीको टुङ्गो लाग्नेछ । दुवैको समुहमा समान ३ अंक छ । माल्दिभ्स दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।