पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४० रन बनाउन सक्यो । चितवनले दिएको १४१ रनको लक्ष्यसहित शरद भेषवाकरको पोखराले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
चितवनका लागि सन्नी पटेलले अविजित ४६ रनको योगदान दिदा कप्तान पारस खड्काले ४४ रन बनाए । त्यस्तै सोनु तामाङले २१ र अनिल कुमार साहले १६ रन जोडे ।
पोखराका बिक्रम भुसालले २ तथा महेबुब आलम, मोहमद नाभिद र शरद भेषवाकरले १/१ विकेट लिए ।
आज चितवन पहिलो जितको खोजीमा रहेका छन् । यता, पोखरा दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा पराजित भएको चितवनलाई दोस्रो खेल जित्न्नै पर्ने दबाब छ । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । प्रतियोगिताको फाइनल वा एलिमिनेटरमा स्थान बनाउन चितवनलाई दोस्रो खेल जित्न्नै पर्ने दबाब छ ।
चितवन १ खेलबाट अंकबिहिन रहदै लिगको पुछारमा छ । तर, पोखरालाई चितवनले कठिन चुनौती भने दिनेछ ।
यता, दुई खेलबाट २ अंक जोडेको पोखरा चौथो स्थानमा छ । प्रतियोगिताको फाइनलमा वा एलिमिनेटर स्थान पक्का गर्न पोखरालाई पनि जित आवश्यक छ ।
पोखराले पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको थियो । तर, आइतबार भएको खेलमा बुटवल ब्लास्टर्ससंग ३३ रनले हराएको थियो ।
चितवनविरुद्ध मैदान उत्रदा पोखरालाई घरेलु समर्थकको साथ रहनेछ ।