काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा जगदम्बा लुम्बिनी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको दोस्रो खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा अग्रता भने मछिन्द्रले खेलको ११ औ मिनेटमा लिएको थियो । मनिष सेढाईले गोल गर्दै टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए । तर खेल सकिन ३ मिनेटबाकी छदा लुम्बिनीले गोल फर्काउन सफल भयो ।
लुम्बिनीका खेलाडीले प्रहार गरेको फ्रिकिकलाई मछिन्द्रका किपरले पन्च गरेर रिबाउन्ड भएको बलमा मोहन थापाले गोल गरेका थिए । अतिरिक्त समयमा दुवै टोलीबाट गोल नभएपछि दुवै टोलीले अंक बाडेका थिए ।
जितपछि मछिन्द्र अघिल्लो चरण प्रवेशको नजिक पुगेको छ । समूह ए को अन्तिम खेलमा अब मछिन्द्रले आर्मी र लुम्बिनिले सरस्वती क्लबसंग खेल्नेछ ।