पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत अहिले चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा रंगशालामा पारस खड्काको चितवनले टस जितेर पहिले ब्याटिङ रोजेको छ । चितवनले टस जितेर ब्याटिङ रोजेपछि शरद भेषवाकरको पोखराले फिल्डिङ थालेको छ ।
यस खेलमा चितवन पहिलो जितको खोजीमा हुनेछ भने पोखरा दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा पराजित भएको चितवनलाई दोस्रो खेल जित्न्नै पर्ने दबाब छ । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । प्रतियोगिताको फाइनल वा एलिमिनेटरमा स्थान बनाउन चितवनलाई दोस्रो खेल जित्न्नै पर्ने दबाब छ ।
चितवन १ खेलबाट अंकबिहिन रहदै लिगको पुछारमा छ । तर, पोखरालाई चितवनले कठिन चुनौती भने दिनेछ ।
यता, दुई खेलबाट २ अंक जोडेको पोखरा चौथो स्थानमा छ । प्रतियोगिताको फाइनलमा वा एलिमिनेटर स्थान पक्का गर्न पोखरालाई पनि जित आवश्यक छ ।
पोखराले पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको थियो । तर, आइतबार भएको खेलमा बुटवल ब्लास्टर्ससंग ३३ रनले हराएको थियो ।
चितवनविरुद्ध मैदान उत्रदा पोखरालाई घरेलु समर्थकको साथ रहनेछ ।