काठमाडौं । साफ यु–१५ च्याम्पियनसिपमा भारत सेमिफाईनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा भुटानलाई पराजित गर्दै भारतले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानलाई ४–० गोल अन्तरले पराजित ग¥यो । खेलको चौथो मिनेटमा भारतले पाउल सुभोको गोलबाट अग्रता लिएको थियो ।
६६ औ मिनेटमा सुब्बा कुसाङले भारतको अग्रतालाई दोब्बर पारे । ८३ औ मिनेटमा पाउल सुभोले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-० को स्थितीमा पु¥याएका थिए । दोस्रो हाफको अन्तिम मिनेटमा गोल गर्दै भारतले फराकिलो जित निकाल्यो ।
भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंक सहित समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरिसकेको छ । भारत ३ अंक सहित उपविजेताको रुपमा सेमिफाईनल पुग्यो ।
भुटान अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरियो । आजै समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।