एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ ।
लेस्टरले सुचना जारी गर्दै मैदान बाहिर भएको हेलिकप्टर दुर्घटनामा क्लबका मालिकको मृत्यु भएको पुष्टि गरेको छ ।
शनिबार भएको दुर्घटनामा क्लब मालिक बिचई श्रीवन्धनाप्रभा र उनका दुई कर्मचारी, पाईलट र एक यात्रीको मृत्यु भएको पुष्टि भएको छ ।
थाई विलिनियर श्रीवन्धनाप्रभाका चार बाल बच्चा रहेका थिए । उनले सन् २०१० मा लेटर क्लब किनेका थिए ।
उनले क्लब लिएपछि लेस्टरले सन् २०१६ मा प्रिमियर लिगको उपाधि उचालेको थियो ।