काठमाडौं । काठमाडौंम जारी साफ यु–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । खेलको नतिजाले समूह 'ए' को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ ।
एक खेल खेलेका नेपाल र बङ्गलादेशको समान ३ अंक रहेको छ । खेल दिउँसो साँढे २ बजे एन्फा कम्प्लेक्स सातोबाटोमा हुनेछ । नेपाल र बङ्गलादेशको समान अंक भएपनि गोल अन्तका आधारमा बङ्गलादेश शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । माल्दिभ्स दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो । आयोजक नेपाललाई घरेलु मैदानको फाइदा छ । उमेर समूहमा राम्रा खेलाडीको साथ पाएको नेपाल घरेलु मैदानमा बलियो टोली बङ्गलादेशलाई पराजित गर्न चाहन्छ । तर खेल नेपालले सोचेको जस्तो सजिलो भने रहने छैन ।
निकैै छिटो र छरितो खेल पस्किने बङ्गाली खेलाडी, नेपाली खेलाडी भन्दा अग्ला कदका छन् । पहिलो खेललाई हेर्दा नेपालको डिफेन्स लाईन कमजोर देख्न सकिन्छ । बङ्गलादेशको आक्रामक फुटबल रोक्न नेपाललाई गाह्रो पर्ने देखिन्छ ।
बङ्गलादेशले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई पुरै खेल अवधिभर कब्जामा राखेको थियोे । बंङ्गलादेशका स्ट्राइकर निहत नेपालका लागि जमान धातक बन्न सक्छन् । उनि प्रतियोगितामा एक मात्रै ह्याट्रिक गर्ने खेलाडी हुन् ।
नेपालले आजको खेलमा माल्दिभ्सविरुद्ध गरिएको त्रुटी दोह¥याउन भने हुनेछैन । पहिलो खेलमा नेपाली टिमको डिफेन्स र अग्रपंक्तिमा धेरै समस्या देखिएका थिए ।
आजै समहु बीको खेलमा पुर्व विजेता भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ । खेल बिहान १० मा सुरु हुनेछ । खेलको विजेता सिधै सेमिफाइनलको यात्रा गर्नेछ । पहिलो खेलमा दुबै पाकिस्तानसंग पराजित भएका थिए ।
दुबै खेलमा विजयी भएको पाकिस्तान समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।