एजेन्सी । स्पेनिस लिगको एल क्लासिकाको पहिलो हाफमा बार्सिलोनाले रियल मड्रिडविरुद्व अग्रता लिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्साले पहिलो हाफको खेल सकिदाँ २–० को अग्रता लिएको हो ।
११ औ मिनेटमा काउटिन्होले दिलाएको अग्रतालाई ३० औ मिनेटमा लुईस स्वारेजले पेनाल्टीमार्फत दोब्बर पारेका थिए ।
सन् २००७ पछि पहिलो पटक एल क्लासिको लियोनल मेस्सी र राेनाल्डाे विहिन भएको छ । जित निकालेको खण्डमा बार्सा शीर्ष स्थानमा उक्लिनेछ ।
हारपछि रियल मड्रिडका प्रशिक्षक जुलेन लुपेटीगुईको जागिर धरापमा पर्ने धेरैको अनुमान छ ।