एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससंग २ -२ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनल उसैको मैदानमा क्रिष्टलसंग बराबरीमा रोकिएको हो । आर्सनलका लागि ग्रानीट जाका र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । क्रिष्टलका दुवै गोल लुका मिलिभोजेभिचले पेनाल्तिबत गरेका थिए ।
खेलमा सुरुवाती अग्रता क्रिष्टलले बनाएको थियो । खेलको ४५ औं मिनेटमा लुकाले पेनाल्टीमा गोल गर्दै क्रिष्टललाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ५२ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई १ - १ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५६ औं आबुमियाङले गोल गर्दै आर्सनललाई २ - १ अग्रता दिलाए । तर, खेलको ८३ औं मिनेटमा लुकाले पुनः पेनाल्टीमा गोल गर्दै क्रिष्टललाई २ - २ गोलको बराबरीमा पुर्राए ।
बराबरीसंगै दुवैले १ - १ अंक बाडेका छन् । यो बराबरीले आर्सनलले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको आर्सनलको २२ अंक छ । ८ अंक जोडेको क्रिष्टल आठौं स्थानमा छ ।