एजेन्सी । पछिल्ला एक दशक विश्व फुटबल दुई खेलाडीको वरिपरी घुम्यो । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो ।
दुई खेलाडीबीचको उत्कृष्टताको होडले विश्व फुटबलका प्रशंसकहरु दुई धारमा विभाजित भए । तर्क गरे, आरोप प्रत्यारोपमा उत्रिए । तर दुई खेलाडीको चर्चा र सफलता भने कहिल्यै कम भएन । दुवैले एक पछि अर्को गर्दै आफुलाई प्रमाणित गरे । क्लब र व्यक्तिगत जिन्दगीमा धेरै उपाधि जिते ।
यि दुई खेलाडीको भिडन्तलाई विश्व फुटबलले एक टकले हेर्ने गर्दथ्यो । स्पेनिस महारथीका दुई चिरप्रतिद्वन्दी क्लबको बागडोर सम्हालेर बसेका मेस्सी र रोनाल्डोले आधुनिक युगको क्लब फुटबललाई धेरै हदसम्म फैलन र लोकप्रिय बनाउन मदत गरे ।
दुई खेलाडीको भिडन्त र प्रर्दशनलाई जोड्ने एउटा साझा थलो एल क्लासिको बन्यो । हुन त स्पेनिस लिगमा एल क्लासिकोको आफ्नै महत्व छ । कतै राजनीतिक र कतै बैचारिक द्वन्दको प्रभावलाई समेत एल क्लासिकोले बोक्ने मत राख्छन् । तर क्याटलान क्लब बार्सिलोना र मड्रिड क्लब रियलको परम्परागत शत्रुतालाई रोनाल्डो र मेस्सीले खेलको माध्यमबाट अझ गाढा बनाईदिएको भने सत्य हो ।
दुवै खेलाडीले एल क्लासिकोमा आफुलाई सक्दो प्रमाणित गर्न कोशिश गरे । कहिले जित, कहिले हारे । तर स्पेनिस फुटबलमा आफुलाई सधै केन्द्रमा राख्न सफल भए ।
यो अतितको कुरा भयो । सायद अब यो कहिल्यै हुने छैन । एल क्लासिकोमा अब मेस्सी र रोनाल्डोलाई देख्न पाईने छैन । कारण रोनाल्डोले स्पेनिस क्लब छाड्दै यसै सिजन ईटालिनय क्लब युभेन्ट्स लागेका छन् । लियोनल मेस्सी हात भाँचिएसंगै मैदान बाहिर छन् ।
करिब ११ बर्षपछि एल क्लासिमा लियोनल मेस्सी र रोनाल्डो देखिने छैनन् । सन् २००७ को डिसेम्बरपछि पहिलो पटक एल क्लासिको मेस्सी र रोनाल्डोबिनाको हुनेछ । क्याप नेउमा हुने खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।
बार्सिलोनाका प्रशिक्षक अर्जेस्टो भालभर्डे दुई प्रतिष्ठित खेलाडीबिना पनि एल क्लासिकोको रौनकतामा कुनैपनि कमी नआउने बताउछन् ।
'उनीहरु भन्दा अगाडी समेत क्लासिको अस्तित्वमा थियो । क्लोसिको सधै क्लासिको हुनेछ ।' उनले भनेका छन् ।
भलभर्डेले रियल मड्रिडले आफ्नो उत्कृष्ट खेल पस्किन कोशिश गर्ने अपेक्षा गरे । 'उनीहरुसंग राम्रा खेलाडी छन् । उनीहरु धेरै विकल्प छ । उत्कृष्ट डिफेन्स छ । उनीहरुसंग प्रतिस्पर्धा गर्न सबै क्षमता छ । उनीहरु एक परिपक्क र सर्वोकृष्ट टोली हुन् ।' उनले थपे ।
यता, रियल प्रशिक्षक जुलेन लुपेटीगुई भने दबाबमा छन् । उनको भविष्य एल क्लासिकोले निर्धारणले धेरैको अनुमान छ । आईतबार रातिको खेल तलमाथि भए, उनी बर्खास्तीमा पर्ने धेरैले दाबी गरेका छन् ।
'उनी आफै समेत बर्खास्तीको प्रश्न उठ्नु जायज नभएको बताउछन् । यसले मलाई तयारी गर्न सहयोग गर्दैन । म सास फेर्ने अपेक्षा गरिरहेको छु । मलाई लागेको छैन कि म मर्नेवाला छु ।' उनले थपे ।
नौ चरणको खेलको समाप्तिमा बार्सिलोना १८ अंक सहित दोस्रो स्थानमा छ । रियल मड्रिड १८ अंक सहित तालिकाको आठौ स्थानमा छ ।