पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा जित निकालेपछि हुलास काठमाडौं रोयल्सका कप्तान ज्ञानेन्द्र मल्लले जितको लयलाई कायम राख्ने बताएका छन् ।
शनिबार भएको पहिलो खेलमा काठमाडौंले दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले हराएको थियो । पहिलो खेलम जित निकालेपछि बोल्दै कप्तान मल्लले पहिलो जितले उत्साहित भएको र आगामी खेलमा समेत यो नतिजालाई कायम राख्ने बताए ।
'पहिलो जितले उत्साहित भएका छौं । नयाँ टिमसंग खेल्द केहि नर्भस पनि,' कप्तान मल्लले भने, 'तर,जितबाट प्रतियोगिताको सुरुवात गर्दा खुसी छौ । यो नतिजालाई कायम गर्नेछौ ।'
यस्तै कप्तान मल्लले मैदान ब्याटिङ पिच भएको कारण उच्च लक्ष्यपनि बिपक्षि टिमले पुरा गर्न खोजेको बताए । तर, टिमको जितमा भारतीय खेलाडी गौरव तोमारले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए ।
'तोमारले आज धेरै राम्रो गर्यो । विकेट राम्रो हुन्छ भनेर सोचेका थिएनौ । सुरुवातको सहज हुन्छ भन्ने सोचेका थियौं तर सोचेको जस्तो भएन ।' कप्तान मल्लले थपे ।
तोमारले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र १० छक्कासहित ९५ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै कप्तान मल्लले धनगढीको टिम उत्कृष्ट रहेको बताउदै सौरभ खनाल र कप्तान दिपेन्द्र सिंह ऐरी क्रिजमा रहदा टिमलाई डर भएको बताए ।