एजेन्सी । ईटालियन सिरि ए लिगमा युभेन्ट्सले शनिबार राति एम्पालीसंग प्रतिस्पर्धा गर्दैछ । युभेन्ट्स प्रतिशक्षक एलिग्री समेत सिरि एको खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मैदान उतार्ने बताएका छन् ।
खेल नेपाली समय अनुसार पाैने १० बजे सुरु हुनेछ ।
जारी सिजनमा अपराजित रहेको युभेन्ट्सले पछिल्ला १२ खेलमा ११ मा जित निकालेको छ । रोनाल्डोले ११ खेलमा पाँच गोल गरेका छन् । उनी यसै सिजन १ सय १२ मिलियन युरोपमा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स आएका थिए ।
गत मंगलबारमात्र युभेन्ट्सले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई ओल्डट्राफोर्डमा पराजित ग¥यो । सो खेलमा पाउलो ड्याबलाले गोल गरेका थिए ।
सिरि ए लिगमा युभेन्ट्सले ९ खेलबाट २५ अंक जोडेको छ । उसले दोस्रो स्थानको नापोली भन्दा चार अंकको अग्रता लिएको छ । एम्पाली तालिकाको १८ औ स्थानमा छ ।