काठमाडौं । नेपाल साफ यु–१५ च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ । समुह एको खेलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेसंगै नेपाल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै तालिकामा तीन अंक जोडेको थियो ।
माल्दिभ्सविरुद्व जित दर्ता गरेको बंगलादेशले समेत प्रतियोगिताको अन्तिम ४ स्थान पक्का गरेको छ । लगातार दुई हार ब्यर्होदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको दोस्रो खेलमा बंगलादेशले माल्दिभ्समाथि एकतर्फी जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ५ गोल गर्यो ।
बंगलादेशको जितमा निहत जमानले उत्कृष्ट प्रर्दशन गरे । उनकै चार गोलको सहयोगमा बंगलादेशले माल्दिभ्सलाई निरिह बनायो । उनले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । ११ औ मिनेटमा पहिलो गोल गरेका उनले २० औ मिनेटमा दोस्रो र त्यसको तीन मिनेटपछि ह्याट्रिक पुरा गरेका थिए । कप्तान मोहमद महेदी हसनले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै पहिलो हाफमा बंगलादेशलाई ४–० को स्थितीमा पु¥याए ।
दोस्रो हाफको पहिलो मिनेटमा तमोरले व्यक्तिगत चोथो गोल गरे । ४८ औ मिनेटमा रसेल अहमेदले बंगलादेशको गोल संख्या ६ पु¥याए । ६६ औ मिनेटमा उनै रसेलले व्यक्तिगत दोस्रो गोल गरे । आसिकुर रहमानले ८० औ मिनेटमा गोल गर्दै बंगलादेशलाई ८–० को स्थितीमा पु¥याएका थिए । खेलकाे अन्तिम समयमा अासिकुरले व्यत्तिगत दाेस्राे गाेल गर्दै बगलादेशलार्इ फराकिलाे जित दिलाए ।
समुह एमा बंगलादेश र नेपालको समान ३ अंक भएको छ । माल्दिभ्स अंक विहिन हुदै घर फर्किएको छ । समुह चरणकाे अन्तिम खेलमा नेपालले साेमबार बगलादेशसग खेल्नेछ ।