काठमाडौं । काठमाडौंमा जारी साफ यु–१५ च्याम्पियनसिपमा बंगलादेशका निहत तमोरले पहिलो ह्याट्रिक गरेका छन् । गत बिहिबारबाट सुरु प्रतियोगिताको चौथो संस्करणमा ह्याट्रिक गर्ने तमोर पहिलो खेलाडी भएको छन् ।
समुह बी अन्तर्गतको खेलमा माल्दिभ्सविरुद्व प्रतिस्पर्धा गरेको बंगलादेशले उत्कृष्ट प्रर्दशन गरेको छ । तमोरले उत्कृष्ट प्रर्दशन गर्दै पहिलो हाफमै ह्याट्रिक पुरा गरेका छन् ।
११ औ मिनेटमा पहिलो गोल गरेका उनले २० औ मिनेटमा दोस्रो र त्यसको तीन मिनेटपछि ह्याट्रिक पुरा गरेका थिए । लिग चरणमा बंगलादेशको यो पहिलो खेल हो । माल्दिभ्स पहिलो खेलमा नेपालसंग पराजित भएको थियो ।