पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत जारी खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुजलाई १८१ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रन जोड्न सक्यो ।
काठमाडौका लागि गौरव तोमारले ९५ रनको योगदान गरे । विस्फोटक ब्याटिङ गरेका तोमारले ४४ बलमा ४ चौका ए १० छक्का प्रहार गरे ।
यस्तै नरेश बुढाएरले अविजित ३६ रन जोड्दा जयकृषन कोल्शावालाले २५ रन जोडे । अमित श्रेष्ठले १२ रन जोडे ।
धनगढीका दिपेन्द्र सिंह ऐरी,पिटर ट्रेगो र डान लरेन्सले समान एक/एक विकेट लिए ।