एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उत्रदै गर्दा लिभरपुललाई तालिकाको शीर्ष स्थानमा उक्लिने मौका छ । रेलिगेशन क्षेत्रको वरपर घुमिरहेको कार्डिफ सिटीलाई हराएर प्रिमियर लिगमा अग्रता लिने अवसर लिभरपुललाई प्राप्त छ । घरेलु मैदानमा लिभरपुल कीर्तिमानी लगातार १० औ जित निकाल्ने लक्ष्यमा छ ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोप घरेलु मैदानमा कार्डिफ सिटीलाई सबै सम्मान प्रकट गर्ने बताउछन् । अर्थात घरेलु मैदानमा लिभरपुलले कार्डिफलाई सजिलो र कमजोर टिम सोच्ने छैन, भलै कार्डिफ तालिकाको १७ औ स्थानमा किन नहोस ।
कार्डिफ प्रशिक्षक निल वार्नो लिभरपुलको मैदान एनफिल्डमा सतप्रतिशत प्रर्दशनको कोशिश गर्ने बताउछन् । 'यो फुटबलको निकै बिशेष क्षेत्र हो । याद गर्ने ठाँउ हो । तर हामी लिभरपुललाई समस्यामा पार्ने सोचिरहेका छौ ।' उनले भने ।
कार्डिफाविरुद्व उत्रदै गर्दा लिभरपुलका मिडफिल्डर जोर्डन हेन्डरसन र नाबी केईटाले घरेलु मैदानको खेल गुमाउनेछन् । हेन्डरसन अन्तिम साता हुडर्सफिल्डविरुद्वको खेलमा चोट बोेकेका थिए । केईटा समेत त्यही समस्याबाट पिडित छन् ।
यता, कार्डिफका ग्यारी माडिन लिभरपुलविरुद्धको खेलमा फर्कन सक्नेछन् । अर्को खुसीको कुरा, क्लबका जोए रल्सले समेत दुई खेलको निलम्बन पुरा गरिसकेका छन् ।
लिभरपुल २३ अंक सहित प्रिमियर लिगको शीर्ष स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।
आजै राति हुने अन्य खेलमा बिङ्टोनले उल्भ्ससंग, फुलहमले बर्नेमाउथसंग साउथह्याम्पटनले न्युक्यासल युनाईटेडसंग खेल्नेछ । वाटफोर्डले हुडर्सफिल्डलाई आतिथ्यता प्रदान गर्दा लेस्टर सिटी, वेस्ट ह्यामको भ्रमणमा निस्कनेछ ।