पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा अहिले बुटवल ब्लास्टर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले दिएको १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको पारस खड्काको चितवन राइनोजले आठौं विकेट गुमाएको छ । चितवनले आठौं विकेटको रुपमा करण केसीलाई गुमाएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन जोडेको थियो । बुटवलका लागि शकर रानाले ४८ रन जोड्दा सागर पुनले ४६ रन जोडे । सिद्दान्त लोहनी १७ रनमा अविजित रहे ।
चितवनका करण केसीले २ विकेट लिए ।