काठमाडौं । साफ यु–१५ च्याम्पियनसिपमा पाकिस्तानले पहिलो हाफमा भुटानविरुद्व ४–० को अग्रता लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ पाकिस्तानले ४–० को अग्रता बनाएको हो ।
खेलको २४ औ मिनेटमा मुद्धसर नजरले गोल गर्दै पाकिस्तालाई सुरुवाती अग्रता दिलाए । त्यसको ३ मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्ताको अग्रता दोब्बर पारे । ३३ औ मिनेटमा मोईन अहमेदले तेस्रो गोल थपे । पहिलाे हाफकाे अन्तिम समयमा माेर्इनले व्यत्तिगत दाेस्राे गाेल गर्दै पाकिस्तानलार्इ फराकिलाे अग्रता दिलाए ।
सुरुवात देखिनै भुटानलाई दबाबमा राखेको पाकिस्तान लगातार दोस्रो जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्धन्द्ी भारतलाई २–१ ले हराएको थियो । समुहमा पाकिस्तानको ३ अंक छ । भुटान आफ्नो पहिलो खेल खेल्दैछ ।
आजै हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपालसंग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बंगलादेशलाई हराउनैपर्ने दबाब छ । बंगलादेश सहज जित सहित उपाधि यात्राको थालनी गर्दैछ ।
उसलाई प्रतियोगिताको दाबेदार टोलीको रुपमा हेरिएको छ । आयोजक नेपालले समुह चरणको अन्तिम खेलमा भोली बंगलादेशसंग खेल्दैछ ।