एजेन्सी । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्र सिंह धोनी पछिल्ला १२ बर्षमा पहिलो पटक ट्वान्टी २० टिमबाट बाहिर परेका छन् । शुक्रबार राति भारतीय क्रिकेट बार्ड बीसीसीआईले चयन गरेको समितिले वेष्ट इन्डिज र त्यसपछि अष्टे«लियासंग खेलिने ट्वान्टी २० म्याचका लागि टिमका घोषणा गरेको थियो । त्यसमा पुर्व कप्तान धोनी बाहिर परेका छन् ।
इन्डियालाई २००७ मा ट्वान्टी २० विश्वकप क्रिकेटको विजेता बनाउन महत्वपुर्ण भुमिका खेलेका पुर्व कप्तान धोनी लामो समययता खराब फर्मबाट गुज्रिरहेका थिए । उनको स्थानमा युवा क्रिकेटर ऋषभ पन्तलाई टिममा समावेश गरिएको छ ।
शुक्रबार चयन समितिले ट्वान्टी २० संगै बाँकी तीन खेल र अष्टे«लिया भ्रमणका लागि समेत टिम छनोट गरेको छ । वेष्ट इन्डिजविरुद्धको खेलमा ट्वान्टी २० सिरिजको कप्तानी रोहित शर्मालाई दिईएको छ । विराट कोहलीलाई यस सिरिजमा आराम दिईएको छ । रोहितको कप्तानीमा भारतले यसपटक एशिया कप जितेको थियो ।