काठमाडौं । साफ यु–१५ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुदैछ । काठमाडौंमा जारी प्रतियोगिताको पहिलो खेलमा समुह बी अन्तर्गत पाकिस्तान र भुटानले खेल्नेछन् ।
उद्घाटन खेलमा बलियो प्रत्यासी भारतलाई हराएको पाकिस्तान भुटानलाई हराउँदै एक खेल अगावै सेमिफाईनल पुग्न चाहन्छ । भुटान समुह चरणको पहिलो खेल जस्तै अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ । समुहमा पाकिस्तानको ३ अंक छ । भुटान आफ्नो पहिलो खेल खेल्दैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपालसंग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बंगलादेशलाई हराउनैपर्ने दबाब छ ।
बंगलादेश सहज जित सहित उपाधि यात्राको थालनी गर्दैछ । उसलाई प्रतियोगिताको दाबेदार टोलीको रुपमा हेरिएको छ । आयोजक नेपालले समुह चरणको अन्तिम खेलमा भोली बंगलादेशसंग खेल्दैछ ।