काठमाडौं । बझाङको बुङ्गाल नगरपालिकामा आगामी कार्तिक १७ गतेवाट धौलागिरी देवी स्मृति बीसीए कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बुङ्गाल क्रिकेट एसोसिएसनले आयोजना गर्ने लागेको प्रतियोगितामा प्रदेश नं ७ र आसपासका २४ टोलीले सहभागिता जनाउने छन् ।
बिगत १० बर्ष देखि जिल्ला स्तरका क्लवको सहभागितामा आयोजना हुदै आएको प्रतियोगिगतामा आयोजकले यस पटक प्रदेश स्तरका टिमलाई सहभागि गराउने तयारी गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख ५० हजार र दोस्रोले ६० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्माले गर्ने आयोजक बुङ्गाल क्रिकेट एसोसिएसनका अध्यक्ष बिक्रम ओखेडाले बताए ।