काठमाडौं । मैत्रिपुर्ण खेलमा सहभागिता जनाउन नेपालको महिला राष्ट्रिय टिम आज चीन जादैछ । ओलम्पिक छनोटको तयारीमा रहेको नेपाल आज बिहान १० बजेर ४० मिनेटमा चीनतर्फ उड्नेछ । नेपालले चीन भ्रमणमा तीनवटा मैत्रिपुर्ण म्याच खेल्नेछ ।
नेपालले पहिलो म्याच अक्टोबर ३० मा बेईजिङ स्पोर्टस युनिभर्सिटीसंग खेल्नेछ । अन्तिम खेल अक्टोबर ३१ बेईजिङ फोनिक्स महिला टिमसंग दिउँसो ३ बजे सुरु हुनेछ । त्यहीबाट नेपाली टोली म्यानमार प्रस्थान गर्नेछ ।
चीन जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एक कार्यक्रमको आयोजना गरेर बिहिबार बिदाई गरेको थियो ।
नेपाली टिम :
गोलकिपर : एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे
डिफेन्डर : गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर
मिडफिल्डर : रेनुका नगरकोटी, दिपा राई, इन्दिरा राई, विमला चौधरी, दिपा अधिकारी, अनिता वस्नेत, दिपा न्यौपाने
स्ट्राइकर : अनिता केसी, सावित्रा भण्डारी, निरु थापा, सर्मिला थापा
मुख्य प्रशिक्षक - हरि खड्का
प्रशिक्षक - मृगेन्द्र मिश्र
टिम म्यानेजर - कमला हरिचन थकाली